जनकपुर, ४ साउन । नयाँ संविधानको मस्यौदामा जनताको राय सुझाव संकलन गर्न आज धनुषाको जनकपुरमा आयोजित एक कार्यक्रमका प्रहरीबाट पत्रकारमाथि दुव्यवहार भएको छ ।
सुरक्षामा खटिएका सुरक्षाकर्मीले झडपका क्रममा पत्रकारहरुमाथि आक्रमण र दुव्र्यवहार गरेको हो । नेपाल पत्रकार महासंघ धनुषा शाखाका अनुसार जनकपुर उपमहानगरपालिकास्थित उद्योग वाणिज्य संघको कार्यालय भवनमा भइरहेको सुझाव संकलन कार्यक्रममा पुगेका नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा उज्यालो ९० नेटवर्कमा कार्यरत पत्रकार शैलेन्द्र महतो र नेपाल टेलिभिजनमा कार्यरत पत्रकार श्रीनारायण साहलाई प्रहरीले गम्भीर चोट पुग्ने गरी कुटपिट गरेको हो ।
प्रहरीको कुटपिटबाट घाइते भएका पत्रकार महतोको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले प्रेसको ज्याकेट लगाएका पत्रकारहरुलाई नियन्त्रणमा लिएर गरेको कुटपिटप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले घोर भत्र्सना गरेको छ ।
साथै यस घटनाको छानविन गरी कुटपिटमा सम्लग्नहरुलाई कडा कारवाही गर्न र पत्रकारको भौतिक सुरक्षा तथा निर्वाध प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न पनि महासंघले माग गरेको छ ।















प्रतिक्रिया