८ कार्तिक २०८३, आइतबार

मस्यौदामा सुझाव संकलनः लुम्बिनीमा हुलहुज्जत, भैरहवामा नाराबाजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rupandehi-sambidhan (3)

– नरेश केसी
भैरहवा, ४ साउन । रुपन्देहीको क्षेत्र नम्बर ७ लुम्बिनीमा आज सोमबार संविधानको प्रारम्भिक मस्यौंदा विषयक्मा नागरिकको सुझाव संकलन गर्न आयोजित कार्यक्रम मधेसी मोर्चा लगायतले हुलहुज्जत गर्दै कार्यक्रम विथोलेका छन् ।

मधेसी मोर्चा सम्बद्ध दलहरुको कारण सुझाव संकलनकालागी कार्यक्रम स्थल पुगेका सभासद आदीत्यनारायण कसौधन पुरा कार्यक्रम अवधीभरी नबसी भैरहवा फर्किएका छन् । कार्यक्रमको संयोजन गरिरहेको लुम्बिनी सास्कृर्तिक नगरपालिकाका कार्यकारी अधिकृत दुर्गानाथ गौतमले केही मधेसी दलहरुले संविधानको प्रारम्भिक मस्यौदाको विरोध गर्दै एकैचोटी माईकमा बोल्न खोज्दा केही बेर समस्या आएको भएता पनि सुझाव संकलन अहिले सम्म जारी भईरहेको बताए । गौतमले भने “ संविधानको मस्यौदा उपर सुझाव संकलन भईरहको थियो ।

rupandehi-sambidhan (4)

एक्कासी ४, ५ जना आएर एकैचोटी माईक खोसेर आफ्ना असहमति राख्नु भयो । हामीले मन्चमा नबोलाईकन हुलहुज्जत पुर्ण तरिकाले मन्चमा आउनुभयो । तर पनि कार्यक्रम चलिरह्यो । केहीबेर पछि सभासद जी गएपछि उहांहरु पनि जानुभयो । ”

सोही क्षेत्रबाट निर्वाचित तराई मधेस लोकतान्त्रिक पार्टिका नेता कमलेश्वर पुरी गोश्वामी पार्टिको बहिस्कार नीति अनुसार कार्यक्रममा सहभागी नभएपछि नेकपा एमालेका नेता समेत रहेका सभासद कसौधन लुम्बिनीमा सुझाव संकलनकोलागी पुगेका थिए । मधेसी मोर्चामा आवद्ध दलहरुले हुलहुज्जत गरि नाराबाजी गरेको कारण आफु केही बेर बसेर भैरहवा आएको सभासद कसौंधनले जनाए । सभासद कसौधन अहिले रुपन्देही क्षेत्र नम्बर २ मा जारी रहेको सुझाव संकलनमा सहभागी भइरेहका छन् ।

rupandehi-sambidhan (2)यता रुपन्देही क्षेत्र नम्बर २ को सुझाव संकलन सदरमुकाम भैरहवामा भईरहेको छ । सुझाव संकलनकोलागी भैरहवामा भएको कार्यक्रममा मानिसहरुको उत्साहजनक सहभागीता रहेको छ । स्थानिय सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा मानिसहरुको ठेलमठेल नै रहेको छ । सुझाव संकलनको लागी स्थानिय सिद्धार्थ नगर पालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गौतमले संयोजन गरिरहेको सो कार्यक्रमममा संविधानको प्रत्येक भाग, धाराहरुमा रहेर नागरिकले सुझाव दिईरहेका छन् भने संस्थागत रुपमा पनि लिखीत रुपमा सुझाव आईरहेको नपाका सूचना प्रमुख देव ज्ञवालीले जनाए ।

रुपन्देही २ को सुझाव संकलनकोलागी सभासदहरु दीपक बोहरा, ईस्तियाक अहमद खा , भक्ति पाण्डे र आदीत्य नारायण कसौधन सहभागी रहेका छन् । हलभित्र सुझाव संकलन भईरहदा बाहिर मधेसी मोर्चा सम्बद्ध दलहरु, दलित जनजाति पार्टि, बहुजन समाजबादी पार्टि लगायतले नाराबाजी गरिरहेका थिए । यता रुपन्देहीको अन्य क्षेत्रमा सुझाव संकलनको काम शान्तिपुर्ण भईरहकेो रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जनाए ।

rupandehi-sambidhan (1)