– ममता रसाइली
लम्की (कैलाली), ४ साउन। संविधानको मस्यौदा च्यात्ने नेकपा माओवादीका चार कार्यकर्ता कैलालीमा पक्राउ परेका छन् ।
कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा सुझाव संकलन भइरहदा मस्यौदा च्यात्ने प्रयास गरेपछि माओवादीको बिप्लव समुहका चार जना कार्यकर्तालाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको हो ।
लम्कीको जेसीज हलमा बिहान ११ वजेवाट सुरु भएको सुझाव संकलन कार्यक्रममा मस्यौदा च्यात्न खोजेपछि विप्लव समुहका जिल्ला कमिटी सदस्यहरु बिरेन्द्र बिक, धुव्र सञ्याल र दिलवहादुर साउँद लगायत चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफ्ना कार्यक्रर्ता नियन्त्रणमा लिएपछि माओवादीले हल वाहिर विरोध गरिरहेका छन ।
संविधानसभाको पहिलो मस्यौदा माथि नागरिकसंग सुझाव संकलन कार्य आज देशभर भइरहेको छ । यसै क्रममा कैलाली जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा अहिले सुझाव संकलन कार्य जारी रहेको छ ।
क्षेत्र नम्वर २ का निर्वाचित सभासद मोहनसिंह राठौर र समानुपातिक सभासद रवनी चौधरीको उपस्थीतिमा सुझाव संकलन कार्य भइरहेको छ । कार्यक्रममा क्षेत्र नम्वर २ अन्र्तगत विभिन्न गाविसमा साउन २ गते लिखित रुपमा संकलन गरिएका सुझावहरुको प्रतिवेदन सभासदलाई पेश गरिएको छ । यस्तै गरेर राजनीतिक दल, विभिन्न संघ संस्था र नागरिकहरुले समेत सुझाव दिने क्रम जारी छ ।
क्षेत्र नम्वर २ का विभिन्न गाउँ टोलवाट स्वस्फुर्तरुपमा आएका सर्वसाधारणले आआफ्नो सुझाव दिइरहेका छन् । निक्कै वाक्लो संख्यामा प्रहरी परिचालन गरेर सुझाव संकलन भइरहेको कार्यक्रम दिउसो ४ वजेसम्म जारी रहने छ ।
क्षेत्र नम्वर ६ अन्र्तगत धनगढीस्थित जिविस हलमा भइरहेको सुझाव संकलन पनि झण्डै अवरुद्ध भएको छ । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य होरीलाल चौधरीले कार्यक्रममै गएर मस्यौदा च्यातेका थिए । मस्यौदा च्यातेपछि उनका कार्यकर्ताले संघीयताको टुङ्गो लगाएर मात्र संविधान जारी गर भन्दै नारावाजी गरेर वाहिर निस्केका थिए ।
समाजवादी फोरम फर्केपछि राप्रपा नेपालका कार्यकर्ताले हिन्दु राज्यको माग कार्यक्रस्थल वाहिर नारावाजी गरेका थिए । नेकपा माओवादीको बिप्लव समुहका कार्यक्रर्ताले पनि लिपुलेक हाम्रो, संसदवादी संविधान चाहिदैन भन्दै नारावाजी गरिरहेका छन ।















प्रतिक्रिया