८ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिममा एक सय ८१ प्रहरी कारवाहीमा, २८ जना बर्खास्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-police– विमल विष्ट
डोटी, ४ साउन । आचरण र पदीय मर्यादा कायम नराख्ने नेपाल प्रहरीका १ सय ८१ अधिकार कारवाहीमा परेका छन् ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपालयका अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा १ सय ८१ जना प्रहरी अधिकारी कारवाहीमा परेका हुन् । भने, २८ जनालाई बर्खास्त गरिएको छ ।

प्रहरीको आचरण सुधार कार्यक्रमम अन्तर्गत १ सय ८१ जना प्रहरीलाई कारवाही गरिएको क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको हो । भ्रष्टाचार प्रतिको शुन्य सहनशिलता एवम लैंगिक तथा यौन हिंसा बिरुद्धको शुन्य सहनशिलता अपनाउने केन्द्रीय नीति अनुरुप अनुशासन र आचरणहीन काम गर्ने प्रहरी कर्मचारी कारबाहीमा परेका हुन् ।

प्रहरीले आन्तरिक आचरण सुधार कार्यक्रम सञ्चालन गरेपछि कार्यालय सहायकदेखि प्रहरी नायव उपरीक्षक सम्मलाई कारवाही गरेको हो । आचरण सुधार कार्यक्रम लागू भएपछि सर्वसाधारण माथी भईरहेको ज्यादती पनि रोकिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख डिआईजी रामकुमार खनालले बताए ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार एक जना प्रहरी सहायक निरीक्षक, १ जना हवल्दार, २४ जना सिपाई र २ जना परिचर गरी २८ जना प्रहरी कर्मचारीलाई जागिरबाटै हटाईएको हो । यसैगरी एक जना प्रहरी नायव उपरीक्षक (डिएसपी), एक प्रहरी निरीक्षक, २ प्रहरी नायव निरीक्षक, ५ जना प्रहरी सहायक निरीक्षक, २२ जना हवल्दार र ७४ जना जवान गरी एक सय ५ जनालाई नसिहत दिइएको छ ।

यस्तै, ८ जनालाई निलम्बन, १८ जनालाई तल्लो तहमा घटुवा र २२ जनाको उपउन्नती रोक्का गरिएको छ । ‘सेवाग्राहीलाई अलमलमा पार्ने, मादक पदार्थ सेवन गर्ने, प्रलोभनमा पर्ने र भ्रष्टाचार लगायतका कार्यमा संलग्न हुनेलाई प्रहरी नियमावली २०७१ अनुसार कारबाही गरीएको हो’ सुदुरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख डिआईजी खनालले भने–‘प्रहरी संगठनभित्र आचरणहिन काम हुने गरेको व्यापक जन गुनासो आउन थालेपछि जनमैत्री सेवा सञ्चालन संगै कारवाही प्रक्रियालाई अगाडी बढाईएको हो ।’

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले प्रहरी नियम तोड्ने कर्मचारीलाई कारवाही गर्नुका साथै राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने कामलाई पनि निरन्तरता समेत दिने गरेको छ । अनुशासन हिनलाई कार्वाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्दा संगठनमा राम्रो काम गर्ने प्रेरणा मिल्ने भएकोले यस्तो अभियान सुरु गरेको डिआईजी खनालले बताए ।

एक वर्षको अवधीमा झण्डै ३ सय १९ जना जनमुखी काम गरेका प्रहरी कर्मचारीलाई सम्मान पनि गरिएको छ । कारबाहीबाट प्रहरी संगठनभित्र रहेको दण्डहिनताको अन्त्य गर्ने तथा गैर आचरण भएका प्रहरीको आचरण सुधार गर्ने कार्यमा सघाउ पुगेको छ भने सम्मानले राम्रो काम गर्नेलाई थप उत्प्रेरणा प्रदान गरेको छ । अहिले पनि आचरण सुधारकै लागि क्षेत्रीय प्रहरी कार्यालयमा प्रहरी कर्मचारीहरुका लागी प्रशिक्षण सञ्चालन भईरहेको छ ।