८ कार्तिक २०८३, आइतबार

जनकपुरमा झडप, माओवादी नेतासहित १७ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ४ साउन । संविधानको प्रारम्भिक मस्यौदाको विरोध गर्ने र प्रहरीबीच भएको झडपका कारण तनाब उत्पन्न भई जनकपुरमा राय सङ्कलन कार्य प्रभावित भएको छ । राय तथा सुझाव सङ्कलन केन्द्र जनकपुर उद्योग वाणिज्य सङ्घनजिक मस्यौदा विरोधी र प्रहरीबीच झडप भएको हो ।

झडपमा परी माओवादी नेता रोशन जनकपुरी, महिला नेत्री रेणु झा, मधेसवादी दलका नेता शेषनारायण यादवलगायत १५ जना घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानीय विभिन्न अस्पतालमा भइरहेको छ ।

राय सङ्कलन केन्द्रमा नेपाली काँग्रेसका सभासद्हरु लीला कोइराला, मिनाक्षी झा र प्रमिला दासको मात्र उपस्थिति रहेको छ ।

मधेस अधिकार सङ्घर्ष समितिद्वारा आह्वान गरिएको दुईदिने जनकपुर बन्दका कारण जनकपुरका सम्पूर्ण उद्योग, व्यवसाय प्रभावित भए पनि मस्यौदा विरोधी र प्रहरीबीच भएको ढुङ्गामुढाका कारण जनकपुर युद्ध स्थल बनेको छ ।

त्यस्तै, धनुषाको धनुषाधाम, ठेराकचुरी र औरहीमा पनि झडप भएका कारण राय सङ्कलन कार्य प्रभावित भएको छ । रासस