८ कार्तिक २०८३, आइतबार

यार्सागुम्बा लुट्ने चार जना पक्राउ, तीन अझै फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yarsa-gumbaकाठमाडौं, ४ साउन । व्यापारीको यार्सागुम्बा लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

विक्री गर्न यार्सा बोकेर काठमाडौंमा आएका लाल बहादुर श्रेष्ठलाई खरिद गर्ने वहानामा विहीबार सामाखुशीको रोयल रेष्टुरेण्ट एण्ड हुक्का बारमा बोलाएर ७ जनाको समुहले यार्सा लुटेका थिए ।

विकास रोकाय र सन्तोष सलामी मगर लगायतका ७ जनाको समुहले रेष्टुरेन्ट बोलाएर हामी प्रहरी हौं तिमीहरुको तलासी गर्न आएको भन्दै पीडित श्रेष्ठलाई कुटपिट गरी धम्की दिएर साथमा रहेको ४ किलो यार्सागुम्बा लुटेर लगेका थिए ।

व्यापारीको यार्सा लुट्ने चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले तीन दिनपछि ललितपुरको नख्खु तथा काठमाडौंको गोगंवु ईलाकाबाट शनिवार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जाजरकोट घर भइ ललितपुरमा बस्ने विकास रोकाय, बाग्लुङ घर भइ गोगबु बस्ने सन्तोष मगर, मकर मगर र निर्मल मगर रहेका छन् ।

साथै घटनामा संलग्न अन्य तीन फरार अभियुक्तहरुको खोजतलास भइरहेको महाशाखाले जनाएको छ ।