२८ आश्विन २०८३, बुधबार

मलेसियामा बायोमेट्रिक प्रणाली लागू नगर्न स्वास्थ्य व्यवसायीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

health-report

काठमाडौँ, २८ जेठ । मलेसियामा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका क्रममा बायोमेट्रिक प्रणाली लागू गर्ने तयारीप्रति स्वास्थ्य व्यवसायीले आपत्ति जनाएका छन् ।

नेपाल वैदेशिक रोजगार मेडिकल एसोसियसन र स्वास्थ्य व्यवसायी संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी बायोमेट्रिक स्वास्थ्य परीक्षणसँग कुनै सरोकार नराख्ने मानिसको पहिचान खुल्ने विशेष प्रकारको चिह्न वा संकेत भएको बताउँदै सो प्रणाली आवश्यक नरहेको बताए ।

उनीहरूले आर्थिक लेनदेनका आधारमा त्यो प्रणाली भित्र्याउन लागिएको आरोप लगाउँदै त्यसलाई कुनै हालतमा लागू हुन नदिने बताए ।

एसोसियसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले यो प्रणाली कामदारको हितमा नभएको, बर्सेनि अरबौँ रूपैयाँ विदेशिने तथा सिन्डिकेटको अवस्था निम्तिने बताउनुभयो ।

उहाँले एउटा कामदार विभिन्न चरण पार गरी विदेशिन सरदर ८१ दिन लाग्ने गरेकामा बायोमेट्रिक प्रणालीअन्तर्गत स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्रले ६० दिनभित्र मात्रै मान्यता पाउने हुँदा कामदारले दुईपटक स्वास्थ्य परीक्षणका शुल्क तिर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव कमल तामाङले बायोमेट्रिक प्रणाली लागू गरिए मलेसियामा आफूहरूले कामदार पठाउन बन्द गर्ने चेतावनी दिनुभयो ।

बायोमेट्रिक प्रणाली आगामी असार २ गतेदेखि लागू गर्ने तयारी भइरहेको छ ।