मकवानपुर, ४ साउन । संविधानको मस्यौदामा सुझाव संकलनका क्रममा मकवानपुरको हटियामा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
संविधानको मस्यौदा जलाउने क्रममा प्रहरीले बल प्रयोग गरेपछि राप्रपा नेपालका कार्यकर्ता प्रतिकारमा उत्रिएका थिए । दोहोरो झडपमा एक दर्जन कार्यकर्तासहित ३ जना प्रहरी घाइते भएका छन् ।
प्रहरीसँगको झडपमा राप्रपा नेपालका अध्यक्ष कमल थापाकी श्रीमती प्रलिता, केन्द्रीय सदस्य राजाराम बर्तौला लगायत नेता कार्यकर्ता घाइते भएका हुन् । प्रलितामाथि हातपात समेत गरिएको राप्रपा नेपालले प्रहरीमाथि आरोप लगाएको छ ।
घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर मस्यौदा सुझाव संकलनको काम पुनः सुरु भएको छ ।















प्रतिक्रिया