
गौशाला, ४ साउन । संविधानको मस्यौदामा सुझाव संकलन भइरहेका बेला नारा जुलुस गर्दै विरोध गर्ने नेता तथा कार्यकर्ताहरुलाई गौशालामा प्रहरीले लखेटेको छ ।
महोत्तरीको क्षेत्र नं ३ गौशालामा सोमबार आयोजना गरिएको नेपालको संविधान २०७२ को प्र्रारम्भिक मस्यौदामा राय सुझाव सङ्कलन कार्यक्रममा मस्यौदा च्यातेर नाराजुलुस गर्दै विराधे गर्ने वैद्य माओवादीका केन्द्रीय सदस्य महादेव यादवसहित १ दर्जन नेताहरु लखेटिएका हुन् ।
जिल्ला विकास समिति महोत्तरीको सभाहलमा आयोजित सो कार्यक्रम सुरु भएलगत्तै तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्मा, नेता रामशङ्कर साह, देवेन्द्र चौधरी, माओवादी वैद्य समूहका केन्द्रीय सदस्य महादेव यादव, जिल्ला सचिव कृष्णहरि गजुरेल, सद्भावनाका अवधेश साह, धमेन्द्र्र रायलगायतका व्यक्तिले नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदा प्रश्नावली फारम च्यात्दै विभिन्न नारा जुलुस गर्न थालेपछि कार्यक्रम बिथोलिएको थियो ।
सयौँको सङ्ख्यामा रहेका मधेसवादी तथा माओवादीका नेता कार्यकर्ताले फारम च्यातेपछि प्रहरी र उनीहरुबीच तानातान भएको थियो भने प्रहरीले सबै नेता कार्यकर्तालाई घचेटेर सभाहल बाहिर पठाएका थिए । त्यस्तै सो कार्यक्रममा प्रहरी र मधेसी तथा माओवादी नेता कार्यकर्ताबीच केही समय झडप पनि भएको थियो ।















प्रतिक्रिया