साउदी अरब । अर्घाखाँची प्रवासी सम्पर्क मंच साउदी अरबले १५औं वर्षिकउत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
प्रवासी नेपालीहरुको हितमा कार्यारत मञ्चले शनिवार पिकनिक कार्यक्रमको आयोजना गरी अलखोवरमा आफ्नो १५ बार्षिक उत्सब भव्यताका साथ सम्पन्न गरेको हो ।
मोती गैरे, कालीबहादुर र बिस्नु थापा प्रमुख आतिथि रहेको कार्यक्रमलाई श्रीराम कुँवरको आतिथ्यमा बिष्णु खनालले संचालन गरी सुरु गरेका थिए । स्वागत मन्तव्य शोभाखर भट्टराईले राखेका थिए ।
साउदीअरबका अलखोवर, दमाम, जुबैल, अल हासा तथा रीयाद सहरबाट अर्घाखाँची जन्मथलो भएका नेपालीहरुको जमघटले वार्षिकोत्सवलाई सफल बनाएको थियो ।
बार्षिकोत्सव कार्यक्रमले शोभाखर भट्टराईको नेतृत्वमा अर्घाखाँची प्रबासी सम्पर्क मञ्चको १९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । शोभाखर भट्टराईको नेतृत्वमा ११ पूर्ण र ६ बरिष्ठ सल्लाहकार १ प्रचारप्रसार प्रमुख १ प्रवक्ता गरी १९ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।
जसमा क्रमशः तुलसीराम भुसाल उपाध्यक्ष, मेगराज भुसाल सचिब, बिष्णु प्रसाद खनाल सहसचिव दामुदर पाण्डे, लालमणि बन्जाडे कोषाध्यक्ष, देबी रायमाझी सहकोषाध्यक्षमा चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा मदन श्रेष्ठ, सुन्दर ढकाल, सन्तोष खत्री, लाल बहादुर थापा, बिनोद श्रेष्ठ र बरिष्ठ सल्लाहकारमा श्रीराम कुँवर, गिरिराज खनाल, गुणानिधि भुसाल, तिलक श्रेष्ठ, इन्द्र बस्नेत, गुनाखर भुसाल र प्रचारप्रसार प्रमुखमा भोजराज खनालसँगै प्रवक्तामा सुनिल खनाललाई चयन गरिएको हो ।















प्रतिक्रिया