३० आश्विन २०८३, शुक्रबार

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको ‘सर्वश्रेष्ठ वितरक’को उपाधि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बीएमसीभी) भोल्भो आइसर कमर्सियल भेहिकल (भीइसीभी)को दक्षिण एसियाकै ‘सर्वश्रेष्ठ वितरक’ पुरस्कारबाट सम्मानित भएको छ ।

भोल्भो आइसर कमर्सियल भेहिकलले जुलाई १६ देखि २० सम्म मलेसियामा आयोजना गरेको वार्षिक डिलर सम्मेलनमा बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई ‘सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया’को उपाधि प्रदान गरेको हो । यो पुरस्कार भोल्भो आइसर कमर्सियल भेहिकलका म्याजेजिङ डाइरेक्टर तथा सिइओ विनोद अग्रवालले एमएडब्ल्यू इन्टरप्राइजेजका उपाध्यक्ष हेमन्त पुराणिक र बीएमसीभीका म्यानेजिङ डाइरेक्टर शान्ता राजबतासलाई प्रदान गरेका थिए ।

दक्षिण एसिया भीइसीभीको अन्तर्राष्ट्रिय व्यापारको लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रहरू मध्ये एक हो र यसक्षेत्रमा उत्कृष्ट वितरकको रूपमा सम्मानित हुनु बीएमसीभीको लागि एउटा ऐतिहासिक उपलब्धि भएको बीएमसीभीले जनाएको छ ।

बिक्री तथा बिक्रीपछिको सेवावृद्धि, बजार साझेदारी आदि जस्ता विभिन्न पक्षहरुको गहन मूल्याङ्कनको आधारमा भीइसीभीका १० प्रतिष्ठित विज्ञहरूको निर्णायक मण्डलले पुरस्कारलाई अन्तिम रूप दिएको हो ।

बीएमसीभीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बीएमसीभी नेपालमा भोल्भो आइसर कमर्सियल भेहिकलको बिक्री, वितरण र बिक्रीपछिको सेवाको लागि जिम्मेवार छ । विगत एक वर्षमा बीएमसीभीको प्रदर्शन दोब्बर भएको छ । जसले यसलाई नेपालमा सबैभन्दा छिटो बढ्दो व्यावसायिक सवारी वितरकको रूपमा स्थान दिएको छ । भोल्भो आइसर कमर्सियल भेहिकलले नेपालमा सफलता पूर्वक बलियो उपस्थिति स्थापित गरेको छ । तिनीहरूका साना, मध्यम र भारी सवारी साधनहरू नेपालको भूभागमा राम्रोसँग उपयुक्त छन् ।’ भीइसीभीले हालै सुरु गरेको प्रिमियम लक्जरी कोच म्याजेस्टिक नेपालमा तीव्र बिक्री हुने प्रिमियम कोच बनेको छ र देशभर उत्साहका साथ यसलाई अँगालिएको छ । भविष्यलाई हेर्दा बीएमसीभी नेपालमा सकेसम्म चाँडो नम्बर १ व्यावसायिक सवारी ब्रान्ड बन्न पूर्णरूपमा प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको अवसरमा सम्बोधन गर्दै कमर्सियल भेहिकलका उपाध्यक्षहेमन्त पुराणिकले भने, ‘यो अवार्ड हाम्रो टोलीको जोश र प्रतिबद्धता, हाम्रो बोर्डको अटल समर्थन र हाम्रा ग्राहकहरूको अपार विश्वास, र भीइसीभीमा हाम्रा साझेदारहरूसँगको बलियो सहकार्यको प्रमाण हो । यस्तो महत्त्वपूर्ण क्षेत्रमा उत्कृष्टको रूप मामान्यता पाउनु प्रेरणादायी छ । हामी आगामी वर्षहरूमा स्तर अझ माथि उठाउन कटिबद्ध छौँ ।

बीएमसीभीले आफ्ना ग्राहकहरू, टोली सदस्यहरू, बोर्डर भीइसीभीलाई उनीहरूको निरन्तर विश्वास र साझेदारीको लागि हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।