२ श्रावण २०८३, शनिबार

रुसको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ४ साउन । रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा आइतबार शृङ्खलाबद्धरूपमा शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार आइतबार सुरूमा लगातार ५.० म्याग्निच्युड र ६.७ म्याग्निच्यूडको भूकम्प गएपनि यसबाट सुनामीको जोखिम हुने बताइएको थिएन ।

ग्रीनविच समयअनुसार आइतबार ८ः४९ मा अर्को ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको र यसबाट तटीय क्षेत्रमा सुनामीको लहर आउनसक्ने बताइएको छ ।

युएसजीएसले रुसी तटमा ३० सेन्टिमिटरदेखि एक मिटर ३.३ फिटसम्म र जापान तथा अमेरिकी राज्य हवाईमा ३० सेन्टिमिटर एक फिट भन्दा कम छाल आउने अनुमान गरेको छ ।

भूकम्पको केन्द्रविन्दु पेट्रोपाभलोभ्स्क–कामचात्स्की शहरबाट करिब १५० किलोमिटर पूर्वमा रहेको प्रशान्त महासागरमा रहेको बताइएको छ ।

रुसी आपतकालीन अवस्था मन्त्रालयका अनुसार “बेरिङ सागरको दक्षिणपश्चिमी भागमा रहेको कमान्डर टापुमा ६० सेन्टिमिटरसम्म र कामचाटका प्रायद्वीपमा १५ देखि ४० सेन्टिमिटरसम्म छाल आउने अनुमान गरिएको छ ।”

प्रायद्वीप प्रशान्त र उत्तर अमेरिकी टेक्टोनिक प्लेटहरूको मिलन बिन्दु हो । यसलाई भूकम्पीय हिसाबले जोखिमयुक्त क्षेत्र मानिन्छ ।

सन् १९०० यता यस क्षेत्रमा ८।३ म्याग्निच्यूड वा सोभन्दा माथिका सात वटा ठूला भूकम्प गइसकेका छन् ।