२९ असार २०८३, सोमबार

यातायात सुरक्षामा एकीकृत नियमनको आवश्यकता : सांसद गौतम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा यातायात सुरक्षालाई प्रभावकारी बनाउन सबै प्रकारका यातायात साधनको नियमन एउटै निकायबाट गर्नुपर्ने धारणा राखेकि छन् ।

शुक्रवार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो धरणा राखेकि हुन् ।

पछिल्लो समय यातायातको दायरा धेरै ठूलो भइसकेको र सबै प्रकारका यातायात सेवालाई एउटै मन्त्रालयअन्तर्गत राख्नुपर्ने उनले बतायकी छन्।

सांसद गौतमले नागरिक उड्डयन प्राधिकरण छुट्टै सेवा प्रदायक र नियामकको भूमिकामा जाने प्रश्तावबारे प्रश्न उठाउँदै नियमन पक्ष कमजोर नहोस् भन्नेमा सचेत रहन आग्रह गरीन् ।

यातायातका सबै साधनहरुलाई एकै ठाउँमा राखेर नियमन गर्ने तरिकाले एउटा मिनिस्ट्रीबाट हेर्ने व्यवस्था गर्दाखेरी उपयुक्त हुने र यातायातको साधनहरुमध्ये हवाई यातायात अलिकति सेफ हुन्छ भनेर मान्छे चढ्ने हो ।

अहिले पनि हवाई भन्दा सडक दुर्घटना धेरै भइरहेको छन् । यसलाई पनि मध्यनजर गर्नुपर्ने उनको धारण छ ।
बैठकमा बोल्ने अधिकांश सांसदहरुले हवाई यातायातलाई थप प्रधावकारी भूमिका खेल्न विधेयक महत्वपूर्ण रहेको उल्लेख गर्दै गम्भीरताका साथ अघि बढ्न जरुरी रहेको धारणा राखेका छिन् ।