१३ असार २०८३, शनिबार

साउथ अभिनेता विजय अस्पताल भर्ना

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हैदाराबाद, २ साउन । साउथ भारतीय अभिनेता विजय देवरकोंडालाई डेंगुको कारण अस्पताल भर्ना गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार उपचारको क्रममा उनको सम्पूर्ण परिवार पनि उनीसँगै रहेको छ । उनलाई जुलाई २० मा डिस्चार्ज गरिने अपेक्षा गरिएको छ ।

इन्स्टाग्राम ह्यान्डल इन्टरटेनमेन्ट एफको एक पोस्टमा विजय देवरकोंडालाई डेंगु भएको दाबी गरिएको छ, जसका कारण उनी अस्पतालमा भर्ना भएका छन् । यद्यपि, यस विषयमा विजय वा उनको टोलीले अहिलेसम्म कुनै बयान जारी गरेको छैन ।

ईडीले जुलाई १० मा २९ सेलिब्रेटीहरू विरुद्ध मुद्दा दर्ता गरेको थियो । यसमा अभिनेता विजय देवरकोंडा, राणा दग्गुबाती र प्रकाश राजको नाम समावेश छ । उनीहरूले अवैध सट्टेबाजीलाई प्रवर्द्धन गरेको आरोप छ । हैदराबाद प्रहरीले दर्ता गरेको एफआईआरको आधारमा कारबाही थालिएको बताइएको छ ।