इस्लामावाद, ३ साउन । पाकिस्तानले भारतीय पक्षबाट दुई देशबीचको विवादित भूिम काश्मिर एरियामा एकपछि अर्को गर्दै युद्धविरामको उलङ्घन गरेकोमा विरोध जनाएको छ । पछिल्लो आक्रमणमा कसैको हताहती भने नभएको जनाइएको छ ।
केहीदिन अगाडि भारतीय पक्षद्वारा काश्मिरस्थित पाकिस्तानी भू-भागमा चारजनाको मृत्यु भएको पाकिस्तानको दाबी छ । यि दुई राष्ट्र सन् १९४७ पछि तीन पटकसम्म युद्ध गरिसकेका छन् ।
भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा सन् २००३ देखि युद्धविराम भएको थियो । तर दुवै पक्षबाट सहमतिको उलङ्घन गरेको समाचार बेलाबेलामा आउने गरेका छन् ।
एकहप्ता अगाडि गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्ना पाकिस्तानी समकक्षी नवाज सरिफले अर्को वर्ष पाकिस्तान भ्रमणका लागि निम्ता गरिसक्नु भएको छ । रासस/एएफपी
















प्रतिक्रिया