३० आश्विन २०८३, शुक्रबार

लुम्बिनी लायन्सको सिईओमा भावना घिमिरे नियुक्त

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ असार । नेपाल प्रिमियर लिग (एनपीएल) टिम लुम्बिनी लायन्सले भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिईओ)को रूपमा नियुक्त गरेको छ । घिमिरे नेपाल क्रिकेट संघ (क्यान)को पूर्वसिईओ समेत हुन् ।

घिमिको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ । घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन् । आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन् ।

उनको नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउने विश्वास लुम्बिनी लायन्सले लिएको छ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भने, “हामी भावना घिमिरेलाई हाम्रो लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौँ । उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्‍याउनेछ भन्ने मलाई लागेको छ ।”