
काठमाडौं, ३२ असार । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक १६ औं वर्षमा प्रवेश गरेको छ ।
सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालसम्म देशको मुख्य मुख्य सहरहरु लगायत नेपालको ७४ जिल्लामा एफटीटी एच र वायरलेस विस्तार गरी तीव्र गतिको उच्चस्तरीय इन्टरनेट तथा इन्टरनेट टीभी (आइपी टिभी) सञ्चालन गरी १०४ शाखहरूबाट सेवा प्रदान गर्दै आएको छ ।
क्लासिक टेकको आफ्नै डेटा सर्भरबाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्टमार्फत आफ्ना ग्राहाकहरुलाई अत्याधुनिक प्रविधियुक्त (आइपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट, वाईफाई सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डिलिभरि नेटवर्क कम्पनीमै होस्ट भएकाले गर्दा थप गुणस्तरीय र विश्वसनीय सेवा सञ्चालनमा कम्पनी अग्रसर रहेको छ ।
यसैगरी, कम्पनीले ३६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिँदै आएको छ । कम्पनीले १६ औं वार्षिकोत्सवमा ग्राहकहरुलाई ‘जतिमा चाहियो, त्यतिमा पाइयो’ अफर सार्वाजानिक गरेको छ । इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि त्यतिमै पाइने कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो बजेट अनुसार इन्टरनेट लिन सकिने कम्पनीको भनाई छ ।








प्रतिक्रिया