३० आश्विन २०८३, शुक्रबार

स्याङ्जा सहयोग समाज साउदीको अध्यक्षमा मोहन निर्बाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

masudya-chaitu– एनपी प्रधान (भरत)

साउदी अरब । नयाँ नेतृत्व चयन गर्दै स्याङ्जा सहयोग समाज साउदी अरबको प्रथम अबिधेशन सम्पन्न भएको छ ।

साउदी अरबको दमाममा भएको अबिधेशनले मोहन बि एस के को अध्यक्षतामा पन्ध्र सदस्यीय केन्द्रीय नयाँ कार्यसमिति सर्बसम्मतबाट चयन गरेको हो । जसको प्रथम उपाध्यक्षमा पारस काफ्ले, द्धितीय उपाध्यक्षमा गणेश पाण्डे, सचिबमा बालकृष्ण पंगेनी, सह सचिबमा मोहन काफ्ले, कोषाध्यक्षमा बिजय सनम्, सह कोषाध्यक्षमा रोशन श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सन्तोष परियार, लोकनाथ पाठक, अलि सैद,मेक गुरुगं, नबिन परियार अनुप परियार, र खिम थापा रहनुभएको छ ।

त्यस्तै समाजले सल्लाहकारमा चोला पाठक र महिला सल्लाह्कारमा यास्मिन बेगम लाई चयन गरेको छ । सो अवसरमा बोल्दैनेपाली दुतावास दमाम शाखाका हरि प्रसाद घिमिरेले साउदीमा रहेका नेपाली कामदारहरुका समस्या समाधानका लागी दूतावास सबै नेपाली संघ संस्था संग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममाएन आरएनए आइसीसीका कार्यबहाक अध्यक्ष नारायण पास्वान, एनआरएनए आइसीसी सल्लाहकार धर्म केसी, समाजका सल्लाहकार चोला पाठक, सनराइज कारगो साउदीका सञ्चालक जेन लामा, जि फुड नेपालका प्रतिनिधी रज तमाङ लगायतले बोल्दै साउदीम रहेका नेपाली कामदारहरुको समस्या समाधानका लागी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । भोला पौडेलको सभापतित्व, बाल कृष्ण पङगेनी कोे स्वागत तथा मोहन बि एस के को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

रोजगारीको शिलशिलामा प्रवासी मुलुक साउदी अरब आएका स्याङ्जालीहरुले बिशुद्ध सामाजिक कार्य गर्ने उद्धेश्य अनुरुप एक महिना अघि भोला पौडेल को संयोजकत्वमा समाजको तर्दथ समिति गठन गरेको थियो । साउदी अरबमा ५७ औं नेपाली संस्थाको रुपमा संगठीत भएको समाजले साउदी अरबमा रोजगारीका शिलशिलामा आएर दुःख पाएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग गर्ने र स्यागंजाका ग्रामिण भेगको बिकासका लागी अभियानका रुपमा काम गरिने सचिव बालकृष्ण पंगेनीले बताउनुभयो ।