२० कार्तिक २०८३, शुक्रबार

भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर बालिकाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३२ असार । भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो ।

मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टी ट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्धार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो ।