७ असार २०८३, आइतबार

एनआरएनए फ्रान्सको अध्यक्षमा श्रेष्ठ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सको अध्यक्षमा मीनबहादर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । संघको ११ औं महाधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी, संघको उपाध्यक्षमा लालबहादुर सोडारी चन्द, महिला उपाध्यक्षमा निर्मला शाही, महासचिवमा राजु बस्नेत खप्तडी, र कोषाध्यक्षमा निरज सोडारी चन्द चयन भएका छन् ।

यस्तै, महिला प्रतिनिधिमा यामकला पौडेल र युवा प्रतिनिधिमा मानबहादुर विक चयन भएका छन् । सदस्यहरूमा सन्दिपा गुरुङ, रम्बा तामाङ, प्रकाश तामाङ र कृष्ण महर्जन छन् । आईसीसी सदस्यमा लोकबहादुर पुन निर्वाचित भएका छन् ।

२०२५/२७ कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिले सबैलाई समेटेर लाने प्रतिबद्धता जनाएको छ । कार्यसमितिले कसैलाई पनि बहिस्कार तथा निषेध नगर्ने जनाएको छ ।

केन्द्रीय प्रतिनिधि प्रसुना कँडेलको प्रमुख आतिथ्यतामा भएको महाधिवेशनमा फ्रान्सस्थित विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु आतिथ्यता रहेको थियो ।

महाधिवेशनमा बोल्ने वक्ताहरुले गैरआवासीय नेपाली संघ सबै नेपालीको साझा संस्था भएकोले यसलाई विवादित बनाउन नहुने कुरामा जोड दिएका थिए । स्वार्थ समूह वा गुटको पछि लागेर राष्ट्रिय समन्वय परिषद फ्रान्सलाई विभाजनमा लैजानु गलत भएको जिकिर उनीहरुको थियो ।