३० आश्विन २०८३, शुक्रबार

जासुसी गर्न गएका दक्षिण कोरियाली गुप्तचर अधिकारी मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

flag-of-Korea-EPSसोल (दक्षिण कोरिया), ३ साउन । दक्षिण कोरियाली गुप्तचर अधिकारी मृत अवस्थामा भेटिएका छन् ।

आइतबार प्रहरीले जनाएअनुसार ४५ वर्षीय राष्ट्रिय गुप्तचर सेवामा कार्यरत अधिकारी लिम (पूरा नाम प्राप्त हुन नसकेको) हिमाली सडकको योङगिन भन्ने ठाउँमा मृत भेटिएका थिए ।

उनीमाथि गोपनियता ‘ह्याकिङ’ गरेको भनी कोरियाली राजनीतिक वृत्तमा व्यापक आलोचना भएको थियो ।

दक्षिण कोरियाको राजधानी सोलबाट ४० किलोमिटर दक्षिणमा पर्ने उक्त ठाउँमा एन (आइएस) ले कसरी विवादस्पद् ‘ह्याकिङ’ कार्यक्रम प्रयोग गरेको छ भन्नेबारेमा सविस्तार र एक पत्र लेखी छोडेका छन् भनिएको छ ।

सरकार र एनआइएस अधिकारीहरूले इटालीको एक कम्पनीबाट सोलको इन्टरनेटको क्षमता अभिवृद्धि गर्न ल्याइएको बताए पनि मृतक अधिकारीले भने यसको पेङ्याउका विरुद्ध प्रयोग गरेको पत्रमा लेखेका छन् । रासस/एएफपी