
काठमाडौं, २९ असार । अन्तरजातिय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’को प्रमुख एक अभिनेतामा प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् ।
पछिल्लो समयका व्यस्त अभिनेता, मोडल प्रभातपाललाई ‘जदौ’मा अभिनेत्री नीति शाहको जोडीका रुपमा देख्न पाइनेछ । निर्देशक सार्वजनिक नगरिएको फिल्मको लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन् ।
कलाकारको लाइनअप बलियो देखिएको ‘जदौ’मा प्रभापपल अघिनै मुकुन भुसाल, नीति शाह, ऋचा शर्मा र विनोद न्यौपाने अनुबन्धित भइसकेका छन् ।
सिनीयर कलाकारहरुसँग स्क्रिन शेयर गर्न पाउँदा आफू निकै पुलकित भएको र यसका लागि विशेष तयारीमा जुटिसकेको प्रभातपालले बताएका छन् ।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने जानकारी सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले दिएकी छिन् ।
बाबुल गिरीको संगीत, श्याम तामाङको छायांकन रहने फिल्म दाङ तथा प्युठानका विभिन्न स्थानमा खिचिनेछ । केही दिनमै प्रेसमिटमार्फत फिल्मबारे विस्तृत जानकारी दिने तयारी निर्माण टिमले गरेको छ ।















प्रतिक्रिया