
काठमाडौँ , २७ असार । रसुवाको लेन्दे खोलामा असार २४ गते आएको बाढीमा हराएका ८ ईभी गाडी र ८ कन्टेनर फेला परिएको छ।
बाढीमा सम्पर्कविहीन व्यक्तिको खोजी, उद्धार आज पनि जारी राखियको छ भने अवरुद्ध सडक मर्मत कार्य तीव्र गतिमा अगि बढिरहेको छ।
नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग मिलेर रसुवाको लिङलिङ, रुङ्गापुल, सल्लेटार, गुम्चेत र टिमुरेसहित नुवाकोट, धादिङ र चितवनका विभिन्न स्थानमा राहत र मर्मत कार्य गरिरहेको छ।
सेनाले लिङलिङ र रुङ्गापुल क्षेत्रको बाटोमा खसेको पहिरो हटाउने र वैकल्पिक बाटो बनाउने काम पनि गरिरहेको छ।








प्रतिक्रिया