८ कार्तिक २०८३, आइतबार

काठमाडौं आउँदै गरेको बसले ठक्कर दिँदा महिलाको ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-mahakali-yatatभीमदत्तनगर, २ साउन । कञ्चनपुरको भीमदत्तनगरबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बसको ठक्करबाट एक महिलाको आज मृत्यु भएको छ ।

महाकाली यातायात बस व्यवसायी समितिको ना ५ ख ५११६ नम्बरको बसले कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ की ५० वर्षीय भागादेवी ऐरलाई ठक्कर दिएको थियो ।

झलारीपिपलाडी नगरपालिकाको कलुवार नजिकै सडक किनारामा पैदल हिंडिरहेकी ऐरलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस