भक्तपुर, २ साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रवेशिका परिक्षामा उर्तिण विद्यार्थीले आफ्नो रुचिको विषय अध्ययन गर्न सके भविष्यमा लाभदायक हुने बताएका छन् ।
अनेरास्ववियुले भक्तपुर जिल्ला कमिटिले शनिबार भक्तपुरको थिमीमा आयोजना गरेको प्रवेशिका उर्तिण विद्यार्थीहरुको सम्मान कार्यक्रम बोल्दै उनले अभिभावकहरुले समेत छोराछोरीको रुचि र क्षमतमा अनुसारको विषयमा अध्ययन गर्न साथ दिनु पर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेता पोखरेलले समाज र आफ्नो भविष्य राम्रो हुने विषय छानेर अध्ययन गर्न समेत विद्यार्थीहरुलाई सुझाव दिए । ‘आगामी संविधानमा कक्षा १२ सम्मको पढाईलाई आधारभुत शिक्षा र निशुल्क बनाउनको लागि मस्यौदामा सपमाबेश गरीएको छ’ उनले भने ।
कार्यक्रमा एमाले भक्तपुरमा विद्यार्थी इन्चार्ज रजन केसी, अनेरास्ववियुका केद्रिन्य अध्यक्ष किशोर विक्रम मल्ल, प्याब्सन भक्तपुरका अध्यक्ष राजकुमार श्रेष्ठ लगाएतले शिक्षालाई व्यवहारीक बनाउन राज्यले नितिगत व्यवस्था गर्नु बताएका छन् ।
उक्त अवसरमा प्रवेशिका परिक्षमा २०७१मा उत्कृष्ठ हुन सफल सामुदायीक तथा संस्थागत विद्यालय तथा २ सय भन्दा धेरै विद्यार्थीहरुलाई प्रमाण पत्र दिएर सम्मान गरीएको छ ।















प्रतिक्रिया