८ कार्तिक २०८३, आइतबार

काठमाडौं एकै दिन दुई जनाको मृत्यु, एकको हत्या, अर्का मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । काठमाडौंमा एकै दिन दुई जनाको मृत्यु भएको छ । जसमा एक जनाको हत्या गरिएको छ, भने एक मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं महानगरपालिका-१६ म्हेपीस्थित सागर अटोमोवाईलमा गाडी मर्मत सम्बन्धी काम गर्ने दोलखा माली–१ का २२ वर्षीय अशोक खड्काको शुक्रबार राति हत्या गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उनी शनिवार विहान शरीरमा चोट लागेको अवस्थामा फेला परेका थिए ।

हत्याबारे केही पत्ता लागेको छैन् । प्रहरीले कस्ले हत्या गरेको र किन हत्या गरियो भन्नेबारेमा अनुसन्धान थालेको छ । यस्तै, काठमाडौं चन्द्रगिरी नगरपालिका–८ राधाकृष्ण टोल नजिक डेरा गरी बस्ने उदयपुरका ५२ वर्षीय हर्कबहादुर फुलाल आफ्नै घरको प्यासेजमा शुक्रबार मृत अबस्थामा फेला परेका छन् ।