८ कार्तिक २०८३, आइतबार

श्रीमानलाई खुकुरी हान्ने मोहन्सरी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackउदयपुर, २ साउन । उदयपुरमा आफ्नै श्रीमानलाई खुकुरी हान्ने एक महिलालाई प्रहरी पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार लिम्पाटार–२ भदौरे बस्ने ३० वर्षीय निरकुमार राइलाई घरमा सुतिरहेको अवस्थामा शनिबार बिहान खुकुरी प्रहार गर्ने उनकै पत्नी २७ वर्षीया मोहन्सरी राईलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको छ ।

घरायसी विवादको कारण पत्नीले दाहिने हातमा खुकुरी प्रहार गर्दा घाइते भएका निरकुमारलाई उपचारको लागि कटारी अस्पताल पठाइएको र अवस्था गम्भीर रहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।