
काठमाडौं, १४ असार । स्पेन भ्रमणका लागि गएका प्रधानमन्त्री केपी शर्मा ओली मेड्रिड पुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका हुन् ।

प्रधानमन्त्री ओली सेभिल्लामा आयोजना गरिएको विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गएका हुन् । प्रधानमन्त्री साँझ सम्मेलनस्थल सेभिल्ला पुग्ने कार्यक्रम छ ।
















प्रतिक्रिया