७ श्रावण २०८३, बिहिबार

प्रस्तावित न्यायाधीश पोखरेललाई एमालेको प्रश्न- न्यायिक विचलन आउँदैन भन्ने सुनिश्चितता के ?

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । नेकपा (एमाले) ले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीस मेघराज पोखरेल सर्वोच्चको न्यायाधीसका लागि अयोग्य रहेको स्पष्ट पारेको छ ।

आज संसदीय सुनुवाईका क्रममा सांसद महेश बर्तौलाले पोखरेल न्यायाधीस बन्दा न्यायीक विचलन नआउने सुनिश्चितता नरहेको बताएका हुन् ।

उनले पोखरेललाई न्यायाधीसको प्रक्रियाबाट बाहिरिन सुझाव दिए ।

उनले भने, ‘न्यायाधीश बनेपछि राजनीतिक पक्षधरता छोडेर न्याय सम्पादनमा लाग्छु भन्नुभयो। तर, तपाईंको पृष्ठभूमि बिल्कुल राजनीतिक छ। त्यो पनि सक्रिय छ। सबैले जाने बुझेको कुरा हो। त्यसमा लाग्दिनँ भन्नु तपाईंको यहाँ बोल्दै गर्दा गर्ने कमिटमेन्ट हो। निष्पक्षता र तटस्थता त हुनैपर्छ। तपाईं विशेष गरी राजनीतिक आवरणबाट विभिन्न भूमिका र जिम्मेवारीमा रहे पनि तर तपाईंको विशुद्ध हृदय चर्चित व्यावसायिक घरानाबाट हुनुहुन्छ भन्ने प्रश्न छ। प्रस्तावित न्यायाधीश हुनेबित्तिकै खुट्टा उचालेर लौ हुन्छ भनेर त्यत्रो सात महिनाअघि गरिएको कमिटमेन्ट, फ्याँकेर, च्यातेर हिँड्न मिल्छ ? यदि त्यो च्यातेर हिँड्नुहुन्छ भने भोलिका दिनमा न्यायिक विचलन आउँदैन भन्ने कुराको सुनिश्चितता कसरी हुन्छ ? आज वकिलहरूको पद पाउनका लागि पद पाउनेबित्तिकै जे पनि गर्न मिल्छ भन्ने मानक स्थापित गर्न खोजेका हौँ हामीलेरु त्यस्तो गर्न मिल्छरु तपाईंको त झन्डै डेढ वर्ष कार्यकाल बाँकी छ। यो छोड्न मिल्छरु प्रस्तावित हुनुभएको छ। यहाँलाई शुभकामना त छ नै। मेरो मत के हो भने स्वविवेकीय ढंगबाट यो प्रक्रियाबाट अलग्गिनु राम्रो हुन्छ। तपाईं योभन्दा अगाडि नजाने गरी बाहिरिनू, मेरो व्यक्तिगत सुझाव हो।’