
काठमाडौं, १३ असार । शुक्रबार राजधानीमा एक कार्यक्रमको बीच चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्वलाई देखाउन खोजिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मित्र प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा चलचित्र निर्माण गरेको बताए ।
चलचित्रका निर्माता तथा कलाकार रोशन श्रेष्ठले यो चलचित्र हरेक नेपालीले हेर्नुपर्ने बनेको बताए ।
यस्तै, विजय बरालले फरक चलचित्र भएको र यसले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको बताए । विल्सन विक्रम राईले आफूले फिल्मको कथामा मिल्ने गीत समेत लेखेको र यो कथा नजिकबाट देखेकोले चलचित्र उत्कृष्ट बनेको बताए । चलचित्रकी नायिका आयुषा समालले आफूले विदेशमा बसेर पनि नेपाली भाषा सिक्न र जोगाउन लागेको बताइन् ।
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार , देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’लाई ज्ञानबहादुर प्रधान ९रोशन०ले निर्माण गरेका हुन् ।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान ९नर०को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाँको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादन बनिश शाह तथा सिजिआई सत्यम राना रहेका छन् ।
दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा, विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ ।








प्रतिक्रिया