
काठमाडौं, १२ असार । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ । यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी शोरूमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यस अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउनेछन्, जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउने कम्पनीले जनाएको छ ।
नामी फाइभ स्टार अफरले ग्राहकहरूलाई आकर्षित गर्ने पाँचवटा विशेष सुविधाहरू प्रदान गर्दछ । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, ७ किलोवाट, ३.५ किलोवाट चार्जर, अटो प्लस बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरू प्राप्त गर्नेछन् । विद्युतीय सवारीप्रतिको रुचि बढ्दो क्रममा रहेको वर्तमान परिवेशमा नामी इभी स्मार्ट सहरियाहरूका लागि सुलभ र आधुनिक विकल्प बन्न पुगेको छ । यी पाँच लाभहरूका कारण नामी खरिद गर्नु अहिलेसम्मकै बुद्धिमानी र लाभदायक निर्णय बन्ने पक्का छ ।
बढ्दो विद्युतीय सवारी बजारमा नामी लोकप्रिय छनोट बनेको छ । बेस्ट इन क्लास फिचरहरू, इम्प्रेसिभ ड्राइभिङ रेञ्ज र स्मार्ट मूल्यका कारण यो धेरै ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको हो । सुपथ मूल्यमा लक्जरी, आधुनिक डिजाइन र प्रविधिको सुन्दर संयोजन पस्कन सक्ने क्षमताले नामीलाई विद्युतीय सवारी चाहनेहरूको नजरमा झनै विश्वसनीय बनाएको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया