१० श्रावण २०८३, आइतबार

यु–१६ इस्ट जोन कप क्रिकेट : जापानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा जापानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्नेछ ।

नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिङ्गापुरलाई छ विकेटले पराजित गरेको थियो ।

त्यस्तै, यता जापानले भने भुटानलाई पराजित गरेको थियो ।

एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालित प्रतियोगितामा नेपालसहित विभिन्न १० टोलीको सहभागिता छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।