काठमाडौं, २ साउन । छिमेकी देश चीनमा शनिबार भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक संस्थाका अनुसार चीनको छिङज्याङ प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको आसपासका प्रान्तमा पनि ठूलो धक्का महसुस गरिएको हो ।
नेपाली समय अनुसार विहान ११ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । उक्त भूकम्पको धक्का ५ दशमलब १ रेक्टर स्केलको हो । भूकम्प पश्चिम उत्तरी पहाडी क्षेत्रमा गएको हो । पहाडी क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भएको चीनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसलगत्तै चीनमा पाँच रेक्टर स्केलको अर्काे भूकम्प पनि गएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ । यसअघि हप्ता दिन पहिले पनि चीनमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । एजेन्सी















प्रतिक्रिया