
काठमाडौं, ७ असार । इरान–इजरायलबीच युद्ध दिनप्रतिदिन चर्किँदै गएको छ । द्वन्द्वको आज नवौं दिनमा पनि दुवै देशले एकअर्कामाथि हवाई आक्रमणहरू निरन्तर जारी राखेका हुन् ।
मिडिया रिपोर्टका अनुसार इजरायली क्षेप्यास्त्रहरूले इरानको आणविक स्थल र औद्योगिक क्षेत्रहरूलाई निरन्तर लक्षित गरिरहेको बेला इजरायली अस्पतालमा पनि इरानको क्षेप्यास्त्र आक्रमण भएको छ । जसले गर्दा ठूलो क्षति भएको छ ।
यी दुवै पक्षबाट आवासीय क्षेत्रहरूमा पनि आक्रमणहरू भइरहेका छन् जहाँ आम जनताले युद्धको मूल्य चुकाउनु परेको छ ।
अझै अहिलेसम्म युद्धविरामको कुनै संकेत देखिएको छैन । जारी इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन्छ कि हुँदैन चासो पनि त्यतिकै बढेको छ ।
यता, ह्वाइट हाउसले वार्ताको सम्भावनाको कारणले गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्ता भित्र अमेरिका इजरायल–इरान द्वन्द्वमा सामेल हुने कि नहुने भन्ने निर्णय लिने जनाएको छ ।
यसैबीच, इरानका विदेशमन्त्रीले आज जेनेभामा फ्रान्स, जर्मनी र बेलायतका विदेशमन्त्रीहरूसँग तेहरानको आणविक कार्यक्रम र युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्ने कार्यक्रम छ ।








प्रतिक्रिया