३० आश्विन २०८३, शुक्रबार

भगवानको प्रार्थना गरिरहेका ७५ जनाको बम विस्फोटमा परी मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bank-bom-blastकाठमाडौं, २ असार । इद पूर्वसन्ध्यामा प्रार्थनाका लागि मस्सिदमा जम्मा भएका भक्तजनहरुलाई लक्षित गरी बम विस्फोट हुँदा ७५ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरपश्चिमी राज्य योबेमा केही समयको अन्तरालमा भएका दुईवटा बम विस्फेटमा परी ७५ व्यक्तिको मृत्यु भएको समाचार छ । इद उल फित्रको प्रार्थनाको लागि जम्मा भएका व्यक्तिलाई लक्ष्यगरी सो बम विस्फोट गरिएको एक अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार बिहीबार ७ः४० मा दामाटुरुको प्रमुख नगर लगिन ग्वान्जेमा प्रार्थना गरिरहेका व्यक्तिलाई लक्षित गरी पहिलो बम विस्फोट गराइएको र त्यसमा परी कम्तीमा ४३ व्यक्तिको मृत्यु भएको कर्णेल सनी उसमानले जनाएका छन् ।

त्यसैगरी सोही नगरको छिमेकमा भएको अर्काे यस्तै विस्फोटमा थप सातको ज्यान गएको पनि प्रहरी स्रोतले जनाएको छ । आजै बिहान गोम्बे इलाकामा भएको दुई वटा बम विस्फोटमा कम्तीमा २५ व्यक्तिको मृत्यु भएको अर्काे एक समाचारमा जनाइएको छ ।

सो विस्फोटमा परी कम्तीमा २५ को मृत्यु हुनुको साथै अन्य ३० भन्दा बढी घाइते भएका नाइजेरियाको राष्ट्रिय सङ्कटकालीन व्यवस्थापन निकाय (एनईएमए) ले पुष्टि गरेको छ ।

घाइते भएका ३० भन्दा बढी व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएका घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या पनि बढ्नेसमेत अनुमान गरिएको छ ।

स्थानीय समयाअनुसार बिहीबार बिहान ६ बजे बम विस्फोट भएको प्रंत्यक्षदर्शीहरुले बताएका छन् । त्यसपछि पनि नाइजेरियामा बिहीबार बिभिन्न स्थानमा बम विस्फोट भएका छन् ।

मुसा गम्बाको नामका एक प्रत्यक्षदर्शीका अनुसार शुक्रबार रमाजान पर्वका लागि जम्मा भएका व्यक्तिहरुलाई लक्ष्यगरी बमहरु बिस्फोट गराइएको थियो ।

यो आक्रमण बोको हराम आतङ्ककारी समूहले गराएको स्थानीय व्यक्तिहरुले दावी गरेका छन् । पश्चिम अफ्रिकी यस देशमा हुने गरेका यस्ता आक्रमणहरुको प्रायः यही समूहले दावी गर्दै आएको छ ।

सन् २०१३ यता नाइजेरियाको विभिन्न सहरमा बोको हराम आतङ्ककारी सममूले गरेको विभिन्न आक्रमण १३ हजार भन्दा बढी व्यक्तिको मृत्यु भई्सकेको बताइएको छ । रासस/सिन्ह्वा