१२ कार्तिक २०८३, बिहिबार

मुद्दाको किनारा नलागेसम्म पत्रकार पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । पत्रकार दिलभूषण पाठकलाई मुद्दाको किनारा नलागेसम्म पक्राउ नगर्न अदालतले आदेश दिएको छ ।

पत्रकार पाठकले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै उच्च अदालतमा दायर गरेको रिटमा विहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले मुद्दाको किनारा नलाग्दासम्म पक्राउ नगर्न आदेश दिएको हो ।

अदालतले पत्रकार तथा सञ्चार माध्यममाथीको कारबाही किनारा लगाउने निकाय प्रेस काउन्सिल रहेको पनि स्मरण गराएको छ ।

यसअघि असार २ गते उच्च अदालतले पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेश निरन्तर हुने कि नहुने भन्ने विषयमा छलफल गर्न आज बोलाएको थियो।