८ कार्तिक २०८३, आइतबार

काँग्रेस सभापतिको भारतमा भएको जिप दुर्घटना दुर्घटनामा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556भीमदत्तनगर, २ साउन । भारतको उत्तराखण्ड राज्यको अल्मोडा खैरना नजिक जिप दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ब्यास–४ तिंकरका ३९ वर्षीय लालसिह कल्याल रहेका छन् । कल्याल नेपाली काँग्रेस ब्यास गाउँ समितिका सभापति हुन् ।

हल्द्धानीबाट धार्चुला आउने क्रममा दुर्घटना हुँदा गम्भीर घाइते कल्यालको अल्मोडा अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको आफन्त नगेन्द्रसिंह तिंकरीले बताउनुभयो ।

श्रीमती र छोराछोरी भेट्न गएका कल्याल हल्द्धानीबाट दार्चुला छोरीसहित आइरहेका थिए । जिप दुर्घटना हँुदा उनकी पाँच वर्षीया छोरी मिष्टी सामान्य घाइते भएकी छिन् ।

कल्यालको शव स्वदेश ल्याउन आफन्त हल्द्धानी गएका छन् । रासस