१२ कार्तिक २०८३, बिहिबार

गौशालाकी उपप्रमुखलाई कार्यालयको गेटबाटै छिर्न दिइएन

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ३ असार । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोलाई कार्यलय प्रवेश गर्नै निषेध गरिएको छ ।

नगर प्रमुख दिपेन्द्र महतोको निर्देशनमा नगर प्रहरीले उपप्रमुख महतोलाई गेटबाटै छिर्न नदिएको हो ।

‘मेयरको आदेशले प्रवेश गर्न नदिनु भन्नुभएको छ भनेर रोकेका थिए,’ उनले भनिन्, ‘पछि म नगरपालिका प्रवेश गरी कार्यकक्षमा आएँ। तर मेरो कार्यकक्षमा पनि ताला लगाएका रहेछन्। बाहिर एउटा कुर्सीमा बसिरहेको छु।’

सोमबार उपमेयर महतोले दर्ता चलानी किताब नियन्त्रणमा लिएकी थिइन्। त्यही कारण आफूलाई मंगलबार प्रवेश गर्न नदिइएको उपमेयर महतो बताइन्।

गलत कुरा र अनियमितताबारे विरोध गर्दा आज यस्तो अवस्था आएको उनले स्पष्ट पारिन् ।