३० आश्विन २०८३, शुक्रबार

सुनको भाउ तोलामा २५ सयले घट्यो

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ ।

हिजो एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो ।