१२ कार्तिक २०८३, बिहिबार

कलंकीमा विद्यालयभित्रै भ्यान दुर्घटना हुँदा एकजना विद्यार्थीको मृत्यु, सातजना घाइते

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । काठमाडौंको कलंकीमा रहेको ईडीआईएफवाई विद्यालयको हाताभित्र भ्यान दुर्घटना हुँदा एकजना विद्यार्थीको मृत्यु भएको छ ।

पोलमा ठोक्किएर विद्यालयकै ईभी भ्यान दुर्घटना हुँदा नौ वर्षीया सर्लाहीकी सोनाक्षी यादववको मृत्यु भएको हो ।

दुर्घटनामा पाँचजना विद्यार्थी, एक शिक्षक र चालक समेत घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।