३० आश्विन २०८३, शुक्रबार

त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज (सोमबार) नेदरल्याण्ड्ससँग खेल्दैछ ।

स्कटल्याण्ड भ्रमणमा रहेको नेपालले सोमबार सिरिजको पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्याण्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो ।

टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोली रहेका छन् । सोमपाल कामी र गुलसन झा अभ्यासको क्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् ।