११ असार २०८३, बिहिबार

बंगलादेशमा अर्को वर्ष फेब्रुअरीमा आम चुनाव

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । बंगलादेशको अन्तरिम सरकारका सल्लाहकार मोहम्मद युनुसले अर्को वर्ष फेब्रुअरीमा आम चुनाव गर्ने सम्भावना रहेको संकेत गरेका छन् । युनुसका अनुसार राजनीतिक र न्यायिक सुधारमा पर्याप्त प्रगति भएको अवस्थामा रमजान अघि चुनाव हुनसक्छ । यसअघि उनले अप्रिल महिनामा चुनाव गर्ने घोषणा गरेका थिए ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का कार्यवाहक अध्यक्ष तारिक रहमानले रमजान अघि चुनाव गराउन अन्तरिम सरकारलाई अनुरोध गरेका थिए ।

युनुस र बीएनपीका रहमान दुवै यसबेला लन्डनमा छन् । युनुसको यो टिप्पणी दुई नेताहरूको भेटपछि आएको हो ।

विपक्षी समूहहरूले समयभन्दा पहिले चुनाव गर्न दबाब दिइरहेका छन् ।

डिसेम्बरभन्दा बाहिर चुनाव ढिलाइ भएमा अशान्ति उत्पन्न हुन सक्ने बीएनपीले चेतावनी दिएको छ ।