८ कार्तिक २०८३, आइतबार

पत्रकारदेखि नेतासम्म सेटिङ मिलाएर राष्ट्रपति चुरे संरक्षणमा ब्रहमलुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

office

सप्तरी, १ साउन । जिल्ला वन कार्यालय सप्तरीले विकासीय बजेट तर्फ २ करोड ६३ लाख ७० हजार २ सय ७८ रुपैयाँ २ पैसा खर्च गरेको छ । जस मध्ये सहायक वन अधिकृत लगायतका कर्मचारीहरु उपर १ करोड ४७ लाख ४ सय ३१ रुपैयाँ पेश्की रहेको रहस्य सार्वजनिक भएको छ ।

विभिन्न कामका लागि सहायक वन अधिकृत शिव नारायण यादवको पहलमा वनका बीस भन्दा बढी कर्मचारीहरुले पेश्की रकम लिएका छन् । असार मसान्तमा रकम नझिकिए फ्रिज हुने भएपछि आपसी मिलोमतोमा यति ठूलो रकम पेश्की लिएको हो । असार मसान्तको २५ गते भित्र पेश्की फछर्यौट गरिसक्नु पर्ने र त्यसो हुन नसके असार ३१ गते भित्र फछर्यौट गरी सक्नुपर्नेमा त्यसो नगरिएको पाइएको छ ।

hakim

राष्ट्रपति चुरे तराई मधेश शिर्षकमा १ करोड ३७ लाख ५६ हजार १ सय ७१ रुपैयाँ खर्च गरिएकोमा ७३ लाख ६४ हजार १ सय २१ विभिन्न कर्मचारीको नाउँमा पेश्की रहेको लेखाशाखाका प्रमुख गंगाराम मण्डलले बताए । मण्डलका अनुसार वन दशक शिर्षक अन्तर्गत वृक्षारोपण, वृक्षसुधार लगायतका क्षेत्रमा १ करोड २६ लाख १४ हजार १ सय ७ रुपैयाँ २ पैसा खर्च गरिएको मध्ये ७२ लाख ३७ हजार ३ सय १० रुपैयाँ कर्मचारीहरुले पेश्की लिएको र उक्त पेश्की असार मसान्त सकिए पनि फछर्यौट गरिएको छैन ।

वन कार्यालयले खर्च गरेको बजेट मध्ये राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत विरुवा उत्पादनमा व्यापक अनियमितता भएको छ । कतिपय ठाउँमा विरुवा नै नरोपी बजेट कुम्ल्याएका छन् । यसै गरी वन दशक कार्यक्रममा पनि व्यापक अनियमितता भएको छ ।

कार्यालय प्रमुख नन्दलाल राय यादवले कार्यालयको सम्पूर्ण जिम्मेवारी सहायक वन अधिकृत शिवनारायण यादवलाई सुम्पेपछि यस्तो हविगत भएको कार्यालयका कर्मचारीहरु बताउँछन् । एक कर्मचारीले भने ‘कार्यालय प्रमुख नामको मात्रै हो । काम जति शिवनारायण सरले गर्नुहुन्छ । पत्रकार देखि नेतासम्मलाई मिलाउने शिवनारायण सरकै जिम्मा रहेको छ ।’

विरुवा उत्पादनमा नै सबैभन्दा बढी बजेट छुट्याएको छ । विरुवा सम्बन्धी हेर्ने काम सहायक वन अधिकृत यादवले गरेको छ । असार मसान्त सकिदा पनि कार्यालयसँग डाटाहरु अपडेट भइसकेको छैन । कार्यालय प्रमुख यादवले भने ‘हामी सबै डाटा तपाईहरुलाई दुई चार दिनमा उपलब्ध गराउँछु ।’

यता सम्पूर्ण जिम्मेवारी पाएका सहायक वन अधिकृत शिवनारायण यादवले आफू राजमार्ग र भित्री मधेशमा वृक्षारोपण गरेकोले कतै कुनै अनियमितता नभएको बताए । उनले भने ‘पेश्की सबै कार्यालयमा हुन्छ, यो ठूलो कुरा होइन । हामी सबै मिलाउँछौं ।’

श्रावण देखि नयाँ आर्थिक वर्ष सुरु भईसकेपनि कार्यालयमा विहानै देखि कार्यालय प्रमुख, कर्मचारीहरु र लेखापाल मिलेर पेश्की फछ्र्यौट गर्न कम्मर कसेर लागि परेका छन् । आज मात्रै १२ वटा फाइल फछ्र्यौट गरेको श्रोतले बताएका छन् ।

forest-officervvi porson this office