८ कार्तिक २०८३, आइतबार

पत्रपत्रिकाको वर्गीकरण नतिजा सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prees-council-nepalकाठमाडौँ, १ साउन । प्रेस काउन्सिल नेपालले आव २०६९/०७० र २०७०/०७१ को पत्रपत्रिकाको मूल्याङ्कन वर्गीकरणको नतिजा आज सार्वजनिक गरेको छ ।

आव ०६९÷०७० मा वर्गीकरणका लागि फाराम भरेका ८८१ मध्ये ७७८ पत्रपत्रिकाको मूल्याङ्कन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् । बाँकी १०३ वटा विविध कारणले वर्गीकरणमा समावेश भएका छैनन् । तीमध्ये राष्ट्रिय वर्गमा २१२ र क्षेत्रीयमा १९१ तथा स्थानीय वर्गमा ३७५ वर्गीकृत भएका छन् । जम्मा वर्गीकरणमध्ये ‘क+’ मा ११, ‘क’ वर्गमा २१०, ‘ख’ मा ३१३, ‘ग’ मा १८६ र ‘घ’ मा १५८ पत्रपत्रिका छन् ।

यसैगरी आव ०७०÷०७१ मा वर्गीकरणका लागि फाराम भरेका ८७५ मध्ये ८२२ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् भने ५३ पत्रपत्रिकाको नतिजा स्थगन गरिएको छ । तीमध्ये राष्ट्रियस्तरमा २००, क्षेत्रीयस्तरमा १८७ र स्थानीयस्तरमा ४३५ पत्रपत्रिका छन् । वर्गीकरण नतिजाअनुसार ‘क+’ मा १० ‘क’ वर्गमा २३१, ‘ख’ मा ३२६, ‘ग’ मा २०२ र ‘घ’ मा ५३ पत्रपत्रिका वर्गीकरणमा परेको काउन्सिलले जनाएको छ ।

त्यस्तै अङ्क नपुगेका, हुबहु, पृष्ठ नपुगेका, कम्प्युटर प्रिन्ट गरेका, रीतपूर्वक फाराम नभरेका, संस्थागत प्रकाशन, अवज्ञा र फोटोकपी गरेका ५३ पत्रपत्रिकाको वर्गीकरण कार्यलाई स्थगन गरिएको छ । नतिजाउपर चित्त नबुझ्नेका हकमा काउन्सिलले पुनरवलोकनका लागि सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन सकिने व्यवस्था गरेको छ । रासस