नेपालगञ्ज, १ साउन । बाँकेको कोहलपुरमा एक जनामाथि एसिड आक्रमण भएको छ ।
सामान्य विवादमा एसिड छर्कने कोलहपुर नगरपालिका–११ साझा चोकमा कृष्ण सुनचाँदी पसल गरी बस्ने ३० बर्षीय सुरज विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
विश्वकर्माले सोही ठाउँमा सुनचाँदीका गहना बनाउने काम गर्ने नवलपरासी बर्दघाटका धिरज गोतामेलाई सामान्य विवादमा सुन सफा गर्ने एसिड छर्कीदा घाइते भएका थिए ।
गोतामेलाई थप उपचारको लागि तिलगंगा अस्पताल काठमाडौँ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया