रोल्पा, १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाका लेखापाल देवराज पोख्रेललाई घुुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ ।
लेखापाल पोख्रेललाई सेवाग्राहीसँग १ लाख ४६ हजार रुपैयाँ लिँदै गर्दा अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
स्वर्गद्वारी मन्दिरको सिंढी निर्माण, जिल्ला वन कार्यालय रोल्पाको पर्खाल निर्माण लगायत विकास निर्माणको काम सम्पन्न भइसकेपछि भुक्तानी माग्ने सेवाग्राहीसँग लाखौंको घूस लिएका थिए ।
लेखापाल पोख्रेललाई अख्तियारको टोलीले शुक्रबार नै नियन्त्रण लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ ।















प्रतिक्रिया