काठमाडौं, १ साउन । मानव बेचविखनविरुद्ध कार्यरत संस्था केआई नेपालले देशका जोखिमयुक्त तीन वटा सीमा क्षेत्रमा सूचना परामर्श केन्द्र विस्तार गरी निगरानी बढाएको छ ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पसँगै विभिन्न वहानामा मानव बेचविखन बढेको भन्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयसँगको सहकार्यमा देशका प्रमुख तीन सहर बुटवलको बसपार्क, चितवनको आँपटारी र सिन्धुपाल्चोकको बाहृबिसेमा सूचना तथा निगरानी डेस्क सञ्चालनमा ल्याइएको हो ।
बेचविखन रोक्न संस्थाले थप जिम्मेवारीसहित देशका जोखिमयुक्त तीन वटा सीमा क्षेत्रमा सूचना परामर्श केन्द्रबाट निगरानीको दायरा बढाएको हो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र के आई नेपालबीच भएको दुई पक्षीय सम्झौता अनुसार सस्थांले तीनवटै सीमा क्षेत्रमा शुक्रबारबाट निगरानी कार्यक्रम सुरु गरेको सस्थांकी कार्यक्रम संयोजक राधिका गिरीले जानकारी दिनुभयो । ‘सम्बन्धीत जिल्लाको महिला तथा बालबालिका कार्यालय, नेपाल प्रहरीको समन्वय र सहकार्यमा सूचना तथा निगरानी डेस्क संचालन गरेका छौं’ उहाँले भन्नुभयो-‘यसले मानव बेचविखन नियन्त्रणमा प्रभावकारी भुमिका खेल्छ ।’
केआई नेपालले आफ्रनो स्थापनाकाल देखि नै महिला तथा बालबालिका बेचबिखन बिरुद्ध बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । विशेष गरी नेपाल, भारत नाकाहरुमा मानव बेचबिखन बिरुद्धमा सीमा निगरानी गर्ने, परामर्श गर्ने र मानव बेचबिखनबिरुद्धमा सचेतना अभियान संचालन गरिराखेको छ । साथै नाका क्षेत्र तथा प्रभावित क्षेत्रबाट बेचबिखनमा परेका महिला तथा बालबालिकाहरुलाई उद्धार, पुनस्र्थापना र पुर्नएकीकरणको बिभिन्न कार्यक्रहरु पनि संचालन गर्दै आइरहेको छ ।
हालसम्म सस्थालें १२ वटा जिल्लाहरुमा शाखा कार्यालयहरु बिस्तार गरि मानव बेचबिखन बिरुद्ध बिभिन्न अभियानहरु संचालन गर्दै आइरहेको छ । सुरक्षित आवास गृह पनि संचालन गरि बेचबिखनबाट पीडित तथा प्रभावितहरुलाई पुर्नस्थापना तथा पुर्नएकीकरणको कार्यक्रमहरु पनि अभियानको रुपमा संचालन गरिराखेको छ ।
यस्तै, आन्तरिक रुपमा विशेष गरि डान्सबार, क्याबिन रेष्टुरेष्ट तथा मसाज पार्लर जस्ता क्षेत्रहरुमा दासत्वपुर्ण जीवन बिताइ रहेका महिला तथा बालिकाहरुको उद्धार, पुनस्र्थापना र उनीहरुको बैकल्पिक शिक्षा र क्षमताको पहिचान गरि बैकल्पिक पेशा, व्यवसायमा लगाउन प्रोत्साहन गराउने उद्देश्यले नयाँ जीवन कार्यक्रम पनि संस्थाले सुरु गरेको छ ।















प्रतिक्रिया