२९ आश्विन २०८३, बिहिबार

अब ‘आइमाई’ भन्‍न नपाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aaimaiकाठमाडौं, २८ जेठ । महिलालाई आइमाई नभन्नुहोस्। गोष्ठी, सेमिनारमा महिलाहरूले यसरी सचेत गराएका घटना प्रशस्तै छन्। आइमाई शब्दले महिलाको आत्मसम्मानमा आँच पुग्ने ठानिएपछि सरकारले विभिन्न ऐनबाट ‘आइमाईु शब्द झिक्न केही नेपाल ऐनमा संशोधन गर्ने विधेयक संसद्मा पेस गरेको छ। लैंगिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्न भन्दै सरकारले विभिन्न ३२ वटा ऐनमा एकमुष्ठ संशोधनका लागि विधेयक ल्याएको हो।

प्रचलित कानुनमा लैंगिक दृष्टिकोणबाट महिला र पुरुषबीच कायम रहेका भेदभावजन्य व्यवस्था र लैंगिक हिंसा संरक्षण गर्ने प्रकृतिका कानुनी व्यवस्थामा सुधार गरी लैंगिक समानता कायम गर्न तथा लैंगिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न आवश्यक भएकाले यो विधेयक पेस गरेको छ, कानुनमन्त्री नरहरि आचार्यले विधेयक पेस गर्नुको कारण खुलाएका छन्। गाली बेइज्जती ऐन २०१६, कारागार ऐन २०१९ तथा मुलुकी ऐनका विभिन्न महलमा उल्लेख आइमाईको सट्टा महिला शब्द राख्न प्रस्ताव गरिएको छ। कारागार ऐन २०१९ मा उल्लेख लोग्नेमान्छे को सट्टा पुरुष शब्द राख्न विधेयकमा प्रस्ताव छ। लैंगिक मैत्री र सम्मानजनक शब्दको प्रयोग गर्न लोग्नेमान्छेको सट्टा पुरुष शब्द प्रस्ताव गर्नुपरेको विधेयकको तीन महलमा कारण खुलाइएको छ।

लैंगिक समानता कायम गर्न सरकारले कानुन व्याख्यासम्बन्धी ऐन २०१० र बालबालिकासन्बन्धी ऐन २०४८ मा धर्मपुत्र मात्र भनिएकोमा धर्मपुत्री पनि राख्न प्रस्ताव गरेको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट