३० आश्विन २०८३, शुक्रबार

नेपाललाई आजको खेल ​जित्नै पर्ने दबाब, पपुवा न्युगिनीसँग भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-Cricket-Teamकाठमाडौँ, १ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको पाँचौ खेलमा नेपालले आज पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आजको खेल जित्नैपर्ने दबाब छ । आयरल्यान्डमा जारी उक्त प्रतियोगितामा नेपाली टोलीले आज दिउँसो २ः४५ बजे डब्लिनमा पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो । दोस्रो पटक विश्वपकप खेल्ने नेपालको सपना न्यून हुँदै गएका बेला आजको खेलले केही आश भने जगाएको छ ।

जारी प्रतियोगितामा चार खेल खेलेको नेपालले एक खेलमा मात्र जित हासिल गर्न सकेको छ । नेपालले दुई खेलमा हार भोगेको छ भने बाँकी एक खेल बरबरीमा टुङ्गिएको थियो ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो नामिबियाविरुद्वको खेल वर्षाका कारण रद्व भई दुवै टोलीले अङ्क बाँडेका थिए । तेस्रो खेल आयोजक आयरल्यान्डसँग ८ विकेटको लज्जास्पद हार बेहोरेको थियो भने चौथो खेलमा नेपाल हङ्कङसँग पाँच विकेटले पराजित थियो ।

पपुवा न्यूगिनी पनि बलियो टोली मानिन्छ । अहिले नेपाली टोली पपुवा न्यूगिनीसँग चौथो पटक भिड्न लागेको हो । जारी प्रतियोगितामा पाँचौं स्थानमा रहेको नेपालको तीन अङ्क छ भने पपुवा न्यूगिनी पाँच अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । त्यस्तै ६ अङ्कका साथ आयोजक आयरल्यान्ड पहिलो स्थानमा छ ।

नेपालले अब बाँकी दुई टोली पपुवा न्यूगिनी र जर्सीलाई पराजित गरे पनि समूहको चौथोमा रहन अन्य टोलीको खेलमा भर पर्नुपर्ने हुन्छ । आईसिसीको नियम अनुसार समूहको शीर्ष स्थानमा रहने दुई टोली विश्वकपका लागि छनोट हुनेछन् । दुबै टोलीको दोस्रो र तेस्रो स्थानमा रहनेले क्रस प्ले म्याच खेल्नेछन् र त्यसको विजेता पनि विश्वकपमा पुग्नेछन् ।

प्ले अफमा पराजित भएका दुई टोली र दुबै समूहको चौथो स्थानमा रहने टोलीबीच अर्को प्ले अफ हुनेछ र त्यसको विजेता टोलीले भारतमा सन् २०१६ मा हुने विश्वकप प्रतियोगिताका लागि छनोट हुनेछ ।