८ कार्तिक २०८३, आइतबार

गाँखुमा बेवारिसे शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १ साउन । गोरखाको गाँखु गाविस–५ स्थित नयाँबजार नजिकैको खोलामा आज एक महिलाको शव भेटिएको छ ।

निर्वस्त्र अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । निधारमा चोट लागेको अवस्थामा करिब ५५ वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । शव परीक्षणका लागि गोरखा जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताउनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । रासस